फोटो फिचर

पानी पर्दापर्दै काठमाडौंमा रविको पक्षमा प्रदर्शन

काठमाडौं- चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीनजनाको थुनछेक बहस भइरहँदा
भने काठमाडौंमा रविको पक्षमा समर्थकहरुले पानी पर्दा पर्दै प्रदर्शन गरिरहेका छन्।

उनीहरुले काठमाडौंको माइतीघरमा नाराजुलसुसहित रविको पक्षमा प्रदर्शन गरिहरेका छन्। समर्थकहरुले बुद्धको तस्बिर, नेपालको झण्डा र विभिन्‍न नारा लेखेको ब्यानर बोकेर पानीमा भिज्दै प्रदर्शन गरिरहेका छन्।

यसअघि रविको पक्षमा शनिबार, आइतबारदेखि नै बानेश्‍वरदेखि माइतीघर क्षेत्रमा प्रदर्शन हुँदै आएका छन्।

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

भदौ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्