फोटो फिचर

धमिलो पानीमा लुगा सुकिलो बनाउन तल्लिन धोबीहरु

नारायणी नदीमा पानी त्यति संग्लो छैन । बर्खाको बेला माथि पहाडबाट झरेका खहरे, खोलाहरुको पानी यही नदीमा मिसिन्छ र पानी धमिलो बन्छ ।

यही धमिलो पानीमा मैला लुगाहरु सुकिलो बनाउन तल्लिन छन् धोबीहरुको समूह । हिउँद–बर्खा केही भन्दै यो समूह । नारायणी नदीमा बगेको पानीमा लुगा भिजाउँछन्, मिच्छन्–पिट्छन् अनि पखाल्छन् ।

विज्ञापन

हिउँदमा पानी संग्लो हुँदा केही सजिलो हुन्छ । बर्खामा धमिलो पानीमा लुगा सुकिलो बनाउनमा अलि बढी मेहनत लाग्छ । तर नारायणीको पानी धमिलो बनाएको बालुवाका मसिना कणहरुले हो ।

लुका सुकेपछि टकटक्यो, धुलो झरीजान्छ । लुगा सुकाउने पनि नदी किनारमै हो । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नारायणी नदीमा लुगा धुँदै गरेका धोबीहरुको दैनिकी केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।