रमेश सायनको ‘छुटेका अनुहार’लाई पद्मश्री पुरस्कार, महेशराज पन्तलाई पद्मश्री सम्मान

रमेश सायनको ‘छुटेका अनुहार’लाई पद्मश्री पुरस्कार, महेशराज पन्तलाई पद्मश्री सम्मान
+
-

काठमाडौँ– खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०७५ को पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको घोषणा गरेको छ।

रमेश सायनको ‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार र इतिहासकार डा. महेशराज पन्तलाई पद्मश्री साधना सम्मान प्रदान गरिने भएको हाे।

‘छुटेका अनुहार’ रमेश सायनको संस्मरणात्मक कृति हो। जसमा सायनले विभिन्न समय परिस्थितिमा भेटेर छुट्टिएका अनुहारहरु र तीनको मनोवृतिलाई पुस्तकमा उतारेका छन्।

यस्तै पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जगेर्ना गर्दै आएका इतिहासविद् तथा संस्कृतिज्ञ डा. महेशराज पन्तलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यका वर्षभरी प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार र २०६७ देखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा साधानारत वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेकाे छ।

दुवै सम्मान र पुरस्कार कोजाग्रत पुर्णिमाको दिन प्रदान गरिने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको पुरस्कार राशी समान दुई लाख रुपैयाँ रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष