फोटो फिचर

रिहापछि रवि लामिछानेले आयोजना गरेको सभाका तस्बिरहरु

नारायणी नदी किनारमा सञ्‍चारकर्मी रवि लामिछानेले आयोजना गरेको धन्यवाद सभामा उपस्थित भएका समर्थहरु।चितवन अदालतले सोमबार पाँच लाख धरौटीमा रिहा गरेको हो। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

चितवन- सञ्‍चारकर्मी रवि लामिछानेको धन्‍यवाद सभामा हजारौँको जनसागर उर्लिएको छ। चितवन जिल्ला अदालतले सोमबार धरौटीमा रिहा गरेपछि नारायणी नदी किनारमा लामिछानेले धन्यवाद सभाको आयोजना गर्दा उनका समर्थकहरु उर्लिएका हुन्।

विज्ञापन

उक्त धन्‍यवाद सभामा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने लामिछानेले बताए।

साथै उक्त धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताउँदै आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने उनले जानकारी दिए।

उनले भने, ‘मलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको हो। बाँकी त लाखौँ मुद्दामा जनताको आवाज विहीनहरुको आवाज बनेर प्रस्तुत हुने मलाई थुप्रै अवसरहरु छँदैछ।’

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले रविको धन्‍यवाद सभामा खिचेका तस्बिरहरु:

भदौ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू