ऋतिक र टाइगरको ‘वार’को ट्रेलर सार्वजनिक, अक्टोबर २ बाट प्रदर्शन

एजेन्सी– ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘वार’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ।

यशराज फिल्म्सको व्यानरमा बनेको एक्सन थ्रिलर चलचित्र आगामी अक्टोबर २ बाट प्रदर्शनमा आउनेछ।

चलचित्रमा आशुतोष राणा र वाणी कपूरको पनि मुख्य भूमिका रहेको छ। गतवर्षको सेप्टेम्बरमा आदित्य चोपडाले ‘वार’को घोषणा गरेका थिए।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक रोशन र टाइगर श्राफले पहिलोपटक एकसाथ काम गरेका छन्।

भदौ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्