एलेक्स सान्चेज लोनमा म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान जाने सम्भावना बलियो

म्यानचेस्टर युनाइटेडका खेलाडी एलेक्स सान्चेजलाई लोनमा अनुबन्धन गर्न इन्टर मिलान सहमत भएको छ । युनाइटेड र इन्टरबिच सान्चेजको लोनका सम्बन्धमा सहमति बनेको हो ।

इन्टर मिलानका प्रशिक्षक एन्टोनिओ कोन्टे सान्चेजलाई युरोपियन ट्रान्सफर विन्डो सोमबार बन्द हुनु पूर्व नै अनुबन्ध गर्न चाहन् छन् । यो सहमतिले मूर्त रुप पाएमा सान्चेजले युनाइटेडका पूर्व साथी खेलाडी रामेलु लुकाकुसँग सँगै खेल्न पाउने छन् ।

लुकाकु यहि सिजन युनाइटेडबाट इन्टर मिलान गएका हुन् । उनले सिरी ए को डेब्यु खेलमै गोल गरेका छन् । सान्चेजलाई लोनमा लैजान सहमत भए पनि सिजनको अन्त्यसँगै उनलाई पूर्ण रुपमा क्लबले किन्नु पर्ने शर्तमा भने इन्टर सहमत हुन सकेको छैन ।

युनाइटेडमा सबैभन्दा बढी पारिश्रमिक पाउने सान्चेजले हप्ताको चार लाख पाउण्ड कमाउने गरेका छन् । हाल इन्टरमा रहेका कुनै पनि खेलाडीले यति पारिश्रमिक पाएका छैनन् ।

भदौ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्