शालिकराम पुडासैनीले आत्महत्या गरेको कंगारु होटलको यो कोठा नम्बर २०२

शालिकराम पुडासैनीले आत्महत्या गरेको कंगारु होटलको कोठा नम्बर २०२।

चितवन- पत्रकार शालिकराम पुडासैनीको मुत्यृपछि चितवन निकै तात्यो। पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई प्रहरीले अनुसन्धानका लागि समातेपछि त माहोल यसरी तात्यो, यो आगो कतै टिकापुर र निर्मला काण्डजसरी नै सल्किएला कि भन्ने भय पनि प्रकट हुन थाल्यो।

१३ दिनपछि बल्ल आज (बुधबार) चितवन शान्त भएको महसुस मैले गरेँ।

विज्ञापन

म दुई दिन यस प्रकरणको स्थलगत रिपोर्टिडका लागि चितवमा हुदाँ धेरै कुरा आफैँले महसुस गरेँ। हो, रविजीका फ्यान नभएका होइनन्। तर, रविजीको फ्यानको भिडमा माहोललाई उग्र पार्न खोज्ने ‘घुसपैठिया’ पनि थिए।  त्यो भिडलाई प्रहरीले समयमै पहिचान गर्न सफल हुँदा कुनै पनि अप्रिय घटना भने भएन्।

रवि, अस्मिता र युवराज तारिखमा छुटेको पर्सिपल्ट काठमाडौँ फर्कने निर्णय गरेर म ११ गते बिहान पोखरा बसपार्क पुगेँ। बसपार्कको केही पर मैले कङ्गारु होटल अर्थात पुडासैनीले आत्महत्या गरेको होटल देखेँ।

पुडासैनीले आत्महत्या गरेको कोठा नम्बर २०२

काठमाडौंबाट चितवन जाँदा नै मलाई लागेको थियो- म भ्याएसम्म एक पटक कङ्गारु होटल हेर्नेछु र त्यस होटलका साहूजीलाई भेट्ने छु। अनि प्रश्न गर्ने छु-
बाहिर हल्ला चलेजस्तै तपाईँलाई प्रहरीले किन नसमातेको?

बसपार्कमा होटल देखेपछि काठमाडौँ ढिला जाने निर्णयसँगै मैले होटलतिर पाइला बढाएँ। मेरो एउटा क्यामरा बाहिर नै थियो तर पत्रकार परिचयपत्र भने लगाएको थिइन। म होटलभित्र छिरेँ। अगाडि काउन्टरमा एक युवा थिए।

म नजिक गएर उनलाई ‘यहाँ को हुनुहुन्छ?’ भनेर सोधेँ।

उनले ‘म छुु’ भने।

‘अस्ति पुडासैनीको मुत्यु भएको होटल यही होइन त?’

‘हो।’

‘यस होटलको साहुजी हुनुहुन्न?’

उनले भने, ‘म नै हो, भन्नु न, के हो र?’

उनले मलाई प्रश्न गरे, ‘तपाईँ कहाँबाट हो?’

मैले भनेँ, ‘म पत्रकार हो।’

कंगारु होटल।

मैले थपेँ, ‘म काठमाडौंबाट आएको, साहुजीलाई भेटौँ भनेर। तपाईँ चाहिँ को हो?’

उनले भनेँ, ‘म छोरा हुँ।’

केही बेर उनीसँग मैले कुरा गरे।

‘पुडासैनी होटलमा आउँदा तपाईँ हुनुहुन्थ्यो?’ मैले उनलाई सोधेँ।

‘म थिइन, बुवा हुनुहुन्नथ्यो,’ ती युवकले भने।

मनमा धेरै प्रश्न थिए मेरा।

होटलका साहुजी भागेकोदेखि प्रहरीले होटल साहुजीलाई किन नसमातेको भन्नेजस्ता प्रश्न थिए बाहिर। म ती सबै सोध्न चाहन्थेँ।

भरतपुरको पोखरा बसपार्क।

यद्यपि साहुजी अर्को व्यवसायमा गएका कारण मैले यी सबै प्रश्न त सोध्न पाइनँ। यद्पि होटल साहुकी पत्नी, साला र छोराबाट मैले गत २४ दिनमा उनीहरुले व्यहोरेको सास्तीको अनुमान लगाएँ।

कङ्गारु होटल गत २४ दिनदेखि ग्राहकविहीन रहेछ। तरकारी किन्ने पनि पैसा नभएपछि छिमेकी होटलवालाले हिजो (मंगलबार) बल्ल केही ग्राहक मिलाइदिएछन्।

होटल साहुजी प्रहरीको नियन्त्रणमा पुगेर बयान दिएर फर्केका रहेछन्। यसबीच उनलाई खोज्दै अनेकौँ मानिस होटलसम्म आइपुगेका रहेछन्।

मैले पुडासैनीले आत्महत्या गरेको कोठा नम्बर २०२ पनि हेरेँ। १३ दिनका दिन त्यो कोठामा होटलवालाले पुडासैनीको श्राद्ध गरेको पहेँलो रङको टाटो देखिएकै थियो।

त्यो कोठामा पुग्दा म आफैँ तर्सेको महसुस भयो। पुडासैनीको आत्महत्या गरेको तस्बिर मेरो आँखामा झल्झली आइरह्यो। दोस्रो तलाबाट होटलको काउन्टरमा ओर्लँदासम्म म तर्सिरहेकै थिएँ।

बर्षा शाह।

यो पनि पढ्नुहोस्

भदौ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू