निसानले ल्यायो आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको गाडी

काठमाडौँ – निसान किक्सले द इन्टिलिजेन्ट एसयुभीका नयाँ उच्चस्तरीय संस्करणको गाडी द एक्सभी प्रिमियम अप्सन सार्वजनिक गरिएको छ ।

यो गाडीमा १.५ लिटरको डिजेल इन्जिन छ । यो गाडीमा फस्ट इन क्लास एराउण्ड भ्यू मोनिटर रहेको छ, जसका चार क्यामेराको सहायताले चालकलाई बर्डस आइ भ्यू, फ्रन्ट भ्यू, साइड भ्यू र रेअर भ्यू मिल्नुका साथै गाडी वरिपरिको ३६० डिग्री दृश्य एउटै स्क्रिनमा हेर्न सकिने निसानले जनाएको छ ।

यसमा रहेका विशेषताहरुले निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रणसहितको गाडी बनेको छ । निसान किक्सको आयात र बजार व्यवस्थापन निसान मोटरको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले गरेको छ ।

भदौ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्