एनआईसी एसियाले शेयरधनीलाई बोनश तथा नगद लाभांश दिने

काठमाडौँ – एनआईसी एसिया बैंकले आफ्ना शेयरधनीलाई शेयर लाभांश तथा नगद लाभांश वितरण गर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबारको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु. १० ले हुन आउने रकम रु. ८८,३४,२२,८७० शेयर लाभांश तथा रु. ११.०५२६ ले हुन आउने रकम रु. ९७,६४,१४,७५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

यो बैंकले मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

भदौ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्