च्याम्पियन्स लिग फुटबलको ड्र : कुन समूहमा परे कुन कुन टिम?

च्याम्पियन लिग फुटबलका लागि यो सिजनको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र अनुसार साबिक विजेता लिभरपुल रहेको समूहमा नापोली, साल्जबर्ग र गियांक परेका छन् ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको समूहमा शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा तथा च्याम्पियन्स लिगको साबिक उपविजेता टोटनह्याम रहेको समूहमा बार्यन म्युनिख, ओलम्पिकास र रेड स्टार बेलग्राडी परेका छन् ।

युरोपका दुई ठूला क्लब रियल मड्रिड र पेरिस सेन्ट–जर्मेन (पिएसजी) एउटै समूहमा परेका छन् । यो वर्षको समूह चरणका खेल आउँदो सेप्टेम्बर १७ देखि सुरु हुनेछ र फाइनल खेल आउँदो मे ३० मा स्थानबुलमा हुने तय भएको छ ।

कुन समूहमा कुन कुन टिम?

समूह एः पिएसजी, रियल मड्रिड, क्लब बर्ग र गालाटासारे

समूह बीः बार्यन म्युनिख, टोटनह्याम, ओलम्पिकास र रेड स्टार बेल्ग्राडी

समूह सीः म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा

समूह डीः युभेन्टस, एथ्लेटिको मड्रिड, बार्यन लेभरकुजन र लोकोमोटिभ मस्को

समूह ईः लिभरपुल, नापोली, साल्जबर्ग र गियांक

समूह एफः बार्सिलोना, बोरुसिया डर्टमुण्ड, इन्टर मिलान र स्लाभिया प्राग

समूह जीः जेनिट सेन्ट–पिटर्सबर्ग, बेन्फिका, लियोन र राबी लेइप्जिग

समूह एचः चेल्सी, अजाक्स, भ्यालेन्सिया र लिले

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्