पूर्वप्रधानमन्त्री चन्दको ‘स्प्रिङ्सः एन अडेप्ट डारेक्टर’ लोकापर्ण

काठमाडौं-पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको कविताहरुको संग्रह ‘स्प्रिङ्सः एन अडेप्ट डारेक्टर’ लोकापर्ण भएको छ।

चन्दले अंग्रेजीमा लेखेका कविताहरुको संग्रह शुक्रबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरेका हुन्।

विज्ञापन

सक्रिय राजनीतिक जीवनबाट पर रहेका चन्दले पछिल्लो समय लेखेका कविताहरुलाई आफैले अंग्रेजीमा अनुवाद गरेका हुन्।

पुस्तकमा संग्रहित अधिकांश कविताहरु नेपालीमा लेखिएको र त्यसपछि अंग्रेजीमा अनुवाद गरेको कवि चन्दले जानकारी दिए।

केही कविताहरु भने मुल रुपमै अंग्रेजीमा लेखिएको उनले बताए।

भावनाहरु र कल्पनाशीलतालाई बाँध्न नसकिने भएकाले आफ्ना विविध भावनाहरु कविता मार्फत प्रस्तुत गरेको पूर्वप्रधानमन्त्री चन्दले बताए।

कविताहरुमा प्रकृति प्रेम र त्यसको सुन्दरता, मनका विविध तरंगहरु र सामाजिक विषयवस्तु समेटेको उनले बताए।

चन्दको राजनीतिक व्यक्तित्वबाट राम्रोसँग परिचित रहेकोमा हाल आएर उनको बहुआयामिक र साहित्यीक शिल्प तथा त्यसका विविध विधामा रहेको दखलसँग पनि जानकार हुन पाएको पूर्व राष्ट्रपति डा. रामवरण यादवले बताए।

कार्यक्रममा चन्दका कविताहरुबारे टिप्पणी गर्दै कवि महेश पौडेलले राजनीतिक व्यक्तित्वको सिर्जना भए कविताहरुमा कतै पनि राजनीतिक गन्ध नपाइने बताए।
चन्दले राजनेताको परिचय पूर्ण रुपमा फुकालेर पूर्णतः कविका रुपमा आफूलाई संग्रहित कविताहरुमा प्रस्तुत गरेको उनको भनाई छ।

कविता संग्रह ब्रोसिस पब्लिसर एण्ड डिस्ट्रिब्युटर्सले बजारमा ल्याएको हो।

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्