पोखराबाट लागुऔषधसहित ३ जना पक्राउ

साङ्केतिक तस्बिर

पोखरा – पोखराको महेन्द्रपुलबाट जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

ग १ च ४८६५ नम्बरको निजी कारमा सवार उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुसहित पक्राउ परेका हुन्।

विज्ञापन

पक्राउ पर्नेमा पोखरा १० रामबजारका ४६ वर्षीय सुवास गुरुङ, लमजुङ मर्स्याङदी गाउँपालिका ६ ताघ्रिङ घर भई हाल पोखरा ११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोही स्थानकी २२ वर्षीया आशा गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए।

कारमा राखिएको कालो झोला खानतलास गर्दा ‘नाइट्रोभ्याट १०’ उल्लेखित ट्याब्लेट १ सय २० चक्की फेला परेको प्रवक्ता केसीले बताए। उनीहरुको साथबाट नगद ९६ हजार ४ सय ५० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।

घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले बताए।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्