९० औँ मिनेटको गोलले जितायो, बलियो अवस्थामा एथ्लेटिको मड्रिड

बार्सिलोना र रियल मड्रिडले स्पेनिस ला लिगाको यो सिजनमा खासै राम्रो लय लिन नसकिरहेका बेला एथ्लेटिको मड्रिडले भने लगातार जित निकाल्दै आएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा पनि एथ्लेटिको मड्रिड विजयी भयो । उसले लिगको तेस्रो खेलमा एइबरलाई ३–२ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड सुरुको २० मिनेट भित्रै २–० ले पछि परेको थियो । एइबरका डिएस डी ओलिमेइराले सातौँ तथा एनाइट्ज अर्बिलाले १९ औँ मिनेटमा गोल गरे ।
एथ्लेटिको मड्रिडले त्यसपछि खेलमा पुनरागमन गरेको हो । सेक्वेइराले २७ औँ मिनेटमा गोल एथ्लेटिकोका लागि पहिलो गोल गरे । ५२ औँ मिनेटमा माचिन परेजले गोल गरेपछि एथ्लेटिकोले खेलमा बराबरीको अवस्था बनायो ।
९० औँ मिनेटमा थोमस पार्टीले गोल गरेपछि एथ्लेटिकोले महत्वपूर्ण जित दर्ता गरेको हो । लगातार तीन खेलमा जित निकालेको एथ्लेटिको ९ अंकसहित शीर्षस्थानमा छ ।
आइतबार राति नै भएका खेलमा ग्रानाडाले स्पानियोललाई ३–० तथा भ्यालेन्सियाले मालोर्कालाई २–० ले पराजित गरेको छ ।