तीजको रौनक उत्कर्षमा, पशुपति क्षेत्रका सात तस्बिरहरु

काठमाडौँ  – हिन्दु नारीहरुको महान पर्व तीजको रौनक उत्कर्षमा छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा देशभरका मन्दिरमा पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेर रमाइलो गर्नमा महिलाहरु व्यस्त छन् ।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।

विज्ञापन

पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ भने पूजापछि नाचगान भइरहेको छ ।

रंगिबिरंगी पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ । देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु ।

भदौ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्