भगवान शिवका गुरुको मन्दिरमा चहलपहल कम

भक्तपुर – भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो अघिल्ला वर्षको तुलनामा कम देखिएको छ । मन्दिरका पुजारी तथा व्यवस्थापकका अनुसार विगतका वर्षमा भन्दा यो वर्षको तीजको बिहान दर्शनार्थीको भीड कम भएको हो ।

अधिकांश दर्शनार्थी पशुपतिनाथ तथा डोलेश्वर महादेवको मन्दिर गएकाले दत्तात्रयमा आगन्तुक कम भएको हुन सक्ने जनाइएको छ । तर दिउँसो तथा बेलुकातिर भक्तजनको संख्या केही बढ्ने अपेक्षा रहेको मन्दिरका पूजारी विष्णुप्रसाद तिमल्सिनाले बताएका छन् ।

विज्ञापन

भगवान दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि अनुसार गुरु अर्थात दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने हुन्छ ।

भदौ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्