फोटो फिचर

छाता कोल्टे पारिदेउ घमाइलो तीजमा बरिलै…

भगवान शिवको विशेष पूजा आराधना गरी महिलाहरुले उल्लासका साथ मनाउने तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । यो वर्षको तीजमा पानी नपर्दा लाइनमा बस्नेहरु रुझेका छैनन् ।

चर्को घामले गर्दा उनीहरुलाई पसिनाले भिजाएको छ । तर पनि घामलाई छाताले छेल्दै व्रतालु लाइनमा बसेका छन् पशुपतिनाथको दर्शनका लागि । रंगिन लुगामा सजिएकाहरुले रंगिन छाताहरुले नै घाम छेलिरहेका छन् ।

विज्ञापन

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले घाम छेल्दै भगवानको दर्शनको प्रतिक्षामा रहेका व्रतालुहरुलाई आफ्ना केही तस्बिरमा समेटेका छन् ।