वडा अध्यक्षको मोटरसाईकलमा आगजनी

बुटवल– अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न‌‍ ७ भगवतीका वडा अध्यक्ष शोभाकर पाण्डे चढ्ने मोटरसाईकलमा अज्ञात समुहले आगजनी गरेको छ।

आगजनीबाट मोटरसाईकल जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।

लु १ ब १६८८ नम्बरको मोटरसाईकल वडा अध्यक्ष पाण्डेको घरभन्दा नजिकै बाटोको छेउमा पार्किङ गरेर राखिएको थियो।

विष्टका अनुसार मोटरसाईकल बिहान साढे ४ बजेतिर जलाईएको हुनसक्छ। मोटसाईकल जलाउने अज्ञात समुहको खोजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्