साक्षरतासम्बन्धी फोटो प्रतियोगिताका यी उत्कृष्ट तस्बिरहरु

दोस्रो पुरस्कार प्राप्त तस्बिर।

काठमाडौं- फोटो पत्रकार क्लब (पिजे क्लब)ले आयोजना गरेको बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगञ्‍जका पंकज श्रेष्ठले खिचेको फोटोले प्रथम स्थान हासिल गरेको छ।

पहिलो पुरस्कार पाएको तस्बिर।

देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरणमा फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वको निर्णायक मण्डलले अटिजम (फरक क्षमता)का विद्यार्थीलाई पढाउदै गरेको उक्त तस्बिरलाई उत्कृष्ट फोटो छानेको हो।

विज्ञापन

यस्तै सुनिता डंगोलले खिचेको ललितपुरको जीवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउदै गरेको फोटोले दोस्रो स्थान हासिल गर्दा अनिश रेग्मीको सांकेतिक भाषा प्रयोग गरेको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ।

 

तेस्रो पुरस्कार पाएको तस्बिर।

सुजन श्रेष्ठ र प्रतिक गुरुङका फोटाहरुले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

सान्त्वना पुरस्कार प्राप्त तस्बिर।

फोटो पत्रकार श्रेष्ठ र पत्रकार उज्जवल आचार्य, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट ५४ फोटोहरु छानेको छ।

युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा पिजे क्लबले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए ।

सान्त्वना पुरस्कार प्राप्त तस्बिरर

देशभरबाट प्राप्त फोटोहरुले देशको वर्तमान शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक बीचको सम्बन्ध झल्काउने निर्णायक मण्डलका प्रमुख श्रेष्ठले बताए।

उनले फरक क्षमता भएकाहरुको शिक्षामा शिक्षक र विद्यार्थीक बीचको आत्मीयता, सम्बन्ध र लगनशीलता महत्वपूर्ण रहेको विजेता तस्बिरले प्रष्ट देखाएको बताए।

विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् । यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विजेताहरुलाई भदौ २२ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कार प्रदान गरिने छ।

विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद) बबरमहलमा गरिनेछ।

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्