जोन्सनको नो–डिल ब्रेक्सिट असफल

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ठूलो झड्का, आफ्नै सांसद विपक्षमा

बेलायती प्रधानमन्त्रीका रुपमा बोरिस जोन्सनले पहिलो महत्वपूर्ण संसदीय प्रयासमा असफलता प्राप्त गरेका छन्।

बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा प्रधानमन्त्री जोन्सन असफल भएका हुन् ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन नदिएका हुन्। हाउस कमन्समा भएको मतदानमा जोन्सनले ल्याएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको छ । यसको अर्थ अब इयुबाट बेलायतको बहिर्गनको मिति पछि सार्ने सम्बन्धी बिधेयक ल्याउने सकिने छ ।

संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले चाँडै नै आम चुनावको घोषणा गर्न सक्ने बताएका छन् ।
लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले ब्रेक्सिटको मिति पछि सार्ने सम्बन्धी विधेयक सम्भावित चुनाव भन्दा पहिले नै पारित गर्नु पर्ने बताएका छन् ।

जोन्सनले ल्याएको विधेयक असफल बनाउनका लागि कुल २१ ट्रोय सांसद (सत्तापक्षका सांसद) ले विपक्षमा मत दिएका हुन् । यसरी विपक्षमा मत दिनेमा पूर्व मन्त्रीहरु पनि छन् ।

यसरी सरकारी विधेयकलाई असफल बनाउन बागी बनेका सत्तापक्षका सांसदलाई संसदीय गतिविधिमा सहभागी हुन नपाउने गरी बर्खास्त गर्ने चेतावनी दिइएको छ ।

चुनाव र संसदबाट बर्खास्त गर्ने चेतावनीले बागी सांसदलाई आफ्नो लाइनमा ल्याउने आश प्रधानमन्त्री जोन्सनले गरेका छन्।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्