भारी वर्षाको सम्भावना, दिनभर कस्तो रहला मौसम?

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरको मौसम बुधबार दिनभर सामान्यत बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ ।

राति पनि देशभरको मौसम सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्