फोटो फिचर

मानिसका कारण जोखिममा प्रकृति

विकास चाहिन्छ र खेतीपाती पनि । सँगै आफू बस्दै आएको वातावरण पनि जोगाइराख्नु पर्छ । तर मानवीय गतिविधिहरु कारण प्रकृति या वातावरण जोखिममा पर्दै आएको छ ।

विकासको मोहमा वातावरणलाई प्रतिकुल प्रभाव पर्ने गरी गरिएका अव्यवस्थित क्रियाकलापले मानवसँगै प्राणी जगतलाई नै जोखिममा पारेको छ ।

विज्ञापन

गाउँ गाउँमा विकासका नाममा बाटो खनिएका छन् । भीरहरुमा जथाभावी डोजर चलाएर बाटो खन्दा पहिरोको जोखिम बढेको वातावरणविदले बताउने गरेका छन् । बाटो नखनिएका क्षेत्र शायदै होलान् र बाटो खनिएकै कारण पहिरो नगएका क्षेत्र पनि ।

यस्तै खेतीपातीका लागि जंगल मास्ने या जंगलमा डढेलो लगाउने गरिएका कारण जीवजन्तुलाई असर परेको छ । खोलाबाट अनियन्त्रित रुपमा ढुंगा–बालुवासहितका नदिजन्य पदार्थ निकाल्दा जोखिममा मानव बस्ती नै आउने गरेका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँ उपत्यका आसपास र देशका विभिन्न क्षेत्रमा मानवीय गतिविका कारण प्रकृतिमा परेको प्रभावलाई आफ्ना केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू