प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव पनि सिंगापुर जाँदै, महत्वपूर्ण राजनीतिक वार्ता हुने

काठमाडौँ – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख बामदेव गौतम पनि बुधबार सिंगापुर जाँदैछन् ।

मंगलबार पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ गएका बेला बुधबार गौतम पनि उड्न लागेका हुन् । सोमबार दुवैजना सँगै जाने सूचना बाहिर आएको थियो । तर मंगलबार पौडेल एक्लै उडेका थिए ।

विज्ञापन

तर प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदैछ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू