हुम्लामा कर शिविर सम्पन्न

सिमकोट- आन्तरिक राजस्व कार्यालय सुर्खेतले सडक यातायात नजोडिएको हुम्ला जिल्लामा कर शिविर सञ्चालन गरेको छ ।

व्यक्तिगत र व्यवसायीहरुलाई नयाँ प्यान नम्बर लिने देखि पुराना नविकरण गर्नेसम्मका कार्यहरुमा सहज होस् भन्ने हेतुले शिविर सञ्चालन गरिएको हो ।

विज्ञापन

सदरमुकाम सिमकोटमा चार दिनसम्म सञ्चालन भएको शिविरमा ४ सय ९५ सेवाग्राहीहरुले सेवा प्राप्त गरेको शिविरका टोली प्रमुख एवं कर अधिकृत लुमाराम पन्थीले बताए ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्