ड्यालसमा मनाइयो दोस्रो विश्व संस्कृत दिवस

जरोकिलो अमेरिकाको संयोजनमा सोमबार ड्यालस अर्भिङस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दोस्रो विश्व संस्कृत दिवस मनाइएको छ।

कार्यक्रममा वक्ताहरुले संस्कृत भाषा संसारकै सबैभन्दा सम्बृद्ध भाषा रहेको र अहिले विभिन्न कारणले पछि परेको उल्लेख गर्दै यसको बृद्धिमा लाग्न जोड दिए।

संस्कृत भाषा एकभाषामात्र नभई विषद् पूर्वीय वाङ्मयको स्रोत समेत भएकाले यसको पर्याप्त अनुसन्धान आवश्यक रहेको अमेरिका संयोजक धनन्जय ढकालले बताए।

कार्यक्रममा संस्कृत भाषा तथा हिन्दु धर्म तथा संस्कृतिहरुलाई नजिकबाट नियालिरहेकाहरुले सक्रिय सहभागिता थियो।

कार्यक्रममा पण्डित दुर्गा निरौलाले संस्कृत भाषा र साहित्य हस्तान्तरणका लागि गीता हस्तान्तरण गरेका थिए।

कार्यक्रमका अवसरमा पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित, अर्का पुजारी शान्तिराम कोइराला, दुर्गा निरौला, प्राकृतिक चिकित्सक अभयराज उपाध्याय, सुरेन्द्र आचार्य, थलराज पन्त, रामकृष्ण भट्ट, छविलाल हुमागाईँ, देवेन्द्र राय, उमेश यादव, ज्ञानेन्द्र कार्की, माला महत, शंकर चुडाल, अञ्जु चुडाल, आशा आचार्यलगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्