टेकु अस्पतालका २ चिकित्सकसहित ११ कर्मचारीमा डेंगु

काठमाडौँ–डेंगुको आतंक मुलुकको पूर्वी क्षेत्रमा बढिरहेका बेला यसबाट चिकित्सक नै संक्रमित भएपछि झनै त्रास फैलिएको छ।

मुलुकभरबाट जटिल प्रकारका रोगहरुको उपचार गर्न आउने थलो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका दुई चिकित्सकलाई डेंगु पुष्टि भएपछि त्यसले थप त्रास फैलाएको हो।

विज्ञापन

यस्तै सोहि अस्पतालका ११ जना कर्मचारीलाई पनि डेंगु देखिएको छ। अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले ती चिकित्सक र कर्मचारीको सोहि अस्पतालमा उपचार भइरहेको बताएका छन्।

उनले भने ‘उपचार गर्दा–गर्दै चिकित्सक नै थला पर्नुपर्ने अवस्था आयो। तर पनि हामीले उपचारमा कुनै ढिलासुस्ती गरेका छैनौ।’

उनका अनुसार डेंगुका बिरामी बढ्न थालेपछि अस्पताल परिसरमै हेल्थ डेक्स स्थापना गरिएको छ। आकस्मिक कक्षमा उपचार गर्न नसकेका बिरामीलाई उक्त डेक्समा राखेर उपचार गरिएको छ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्