शतक बनाउन नसकेका मिसवाहलाई पाकिस्तानी टोलीको जिम्मेवारी

लाहोर– पूर्व राष्ट्रिय कप्तान मिसवाह उलहकलाई पाकिस्तान क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरिएको छ। पाकिस्तानी क्रिकेट बोर्डले मिसवाहलाई उक्त जिम्मेवारी दिएको हो। उनको प्राविधिक टोलीमा वाकर युनिस बलिङ प्रशिक्षक रहनेछन्।

मिसवाह पाकिस्तानका सर्वाधिक टेस्ट कप्तान मानिन्छन्। मिसवाह पाकिस्तानी टोलीमा करिब सात वर्ष कप्तान रहेका बेला वाकर युनिस दुई पटक टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार मिसवाह र वाकर युनिस दुवैसँग तीन तीन वर्षको करार सम्झौता गरिएको छ।

विज्ञापन

खुला विज्ञापनमार्फत पदपुर्ती गरिएको हो। मिसवाहले अन्तिम समयमा मात्र आवेदन दर्ता गरेका थिए। आवेदन दर्ताको समयसिमा केही घन्टामात्र बाँकी रहँदा उमेद्ध्वारी घोषणा गरेका मिसवाह त्यसअघि पाकिस्तान सुपर लिग-पीएसएलमा इस्लामावाद युनाइटेडको प्रमुख प्रशिक्षक बन्न सक्ने अनुमान गरिएको थियो।

मिसवाहले मुख्य प्रशिक्षक बन्नेक्रममा मोहसिन खान र डीन जोन्सलाई जिल्याएका हुन्। दशकअघि उनी पाकिस्तान टोलीको प्रशिक्षक नियुक्त धेरैले आश्चर्यता व्यक्त गरेका थिए। पीसिबीको पछिल्लो निर्णयपछि मिसवाह पाकिस्तान क्रिकेटका सबैभन्दा पावरफुल अधिकारी बनेका छन्।

वाकर युनिस पाकिस्तान क्रिकेट टोलीमा पाँचौँपटक प्रशिक्षक जिम्मेवारीमा आएका हुन्। सन् २००६/०७ र २००९/१० मा बलिङ प्रशिक्षक रहेका मिसवाह २०१०/११ सिजन मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनले प्रमुख प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल २०१४/१६ मा बिताएका थिए। सन् २०१६ को टीट्वेन्टी विश्वकपमा टोलीको खराब प्रदर्शनपछि वाकरले कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै राजिनामा दिएका थिए।

गत एकदिवशीय विश्वकपमा पाकिस्तानले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि मुख्य प्रशिक्षक मिक्की आर्थर र बलिङ प्रशिक्षक अजहर महमुदले पदबाट राजिनामा दिएका थिए।

मिसवाह र वाकर युनिसको जोडीको प्रशिक्षणमा पाकिस्तान टोलीले पहिलो भ्रमणका रुपमा श्रीलंकाविरुद्ध खेल्ने छ। श्रीलंकाविरुद्ध तीन खेलको एकदिवशीय र तीन खेलको टीट्वेन्टी शृंखला हुने छ। १६ वर्ष पाकिस्तानको सिनियर राष्ट्रिय टोलीबाट खेलेका मिसवाहले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने एउटै पनि सतक बनाउन सकेका थिएनन्, ब्याट्सम्यानको भूमिकामा रहेर पनि। उनले सन् २०१७ मा सन्याश लिएका हुन्।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्