१२ किलो चरेशसहित बझाङबाट चार जना पक्राउ

सांकेतिक तस्बिर

धनगढी– बझाङबाट धनगढीका लागि छुटेको सार्वजनिक बसमा लुकाएर १२ किलो चरेश ओसारपसार गर्न खोज्ने ४ जनालाई प्रहरीले बझाङ जिल्लाबाटै पक्राउ गरेको छ।

सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्वरको यात्रुबाहक बसमा चेकजाँच गर्दा बझाङको बिथ्थड प्रहरी चौकीले १२ किलो चरेशसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

विज्ञापन

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका– १ दौलीचौरका ५८ वर्षे हरिबीर बोहरा, उनकी ४८ वर्षीया श्रीमती रनकला बोहरा, सोही ठाउँका ६० वर्षे लछी बोहरा र बस मालिक समेत रहेका केदारस्यु गाउँपालिका–५ बझाङका ४२ वर्षे काँसी ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए।

उनका अनुसार तीन वटा झोलामा लुकाएको अवस्थामा प्रहरीले चरेश भेटाएको थियो। पक्राउ परेकाहरुमाथी थप अनुसनधान भइरहेको उनले बताए।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्