जानकी मन्दिर सौन्दर्यका लागि ल्याइएको मार्बल, टाइल्स गुणस्तरहीन, काममा रोक

जानकी मन्दिर सौन्दर्यकरणको काम गुणस्तरहीन भएपछि काममा रोक लगाउँदै मधेस अधिकार संघर्ष समितिका युवाहरु। तस्बिर-राजा झा/देश सञ्‍चार

जनकपुरधाम-मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जनकपुरधामको जानकी मन्दिर पसिरभित्र जारी रहेको सौन्दर्य अभियान अन्तर्गतको काम गुणस्तहीन भएको भन्दै युवाहरुको समूहले कामकाज बन्द गराएको छ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत करिब ८ करोडको लागतमा सञ्‍चालित रहेको जानकी मन्दिर सौन्दर्यकरणको काममा गुण्स्तरहीन समानको प्रयोग भएको भन्दै मधेस अधिकार संघर्ष समितिले कामकाज बन्द गराएको हो।

विज्ञापन

मंगलबार दिउँसो मासका संयोजक सरोज मिश्रको नेतृत्वमा गएको युवा समूहले मन्दिर निर्माण कार्यमा प्रयोग भइरहेको मार्बल गुणस्तरहीन् रहेको भन्दै कामकाज बन्द गराएका छन्।

मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले मन्दिर निर्माण कार्यमा प्रयोग भइरहेको मार्बल, टाइल्स लगायतको समान गुणस्तरहीन रहेकोले आफुहरुले कामकाज बन्द गराएको बताए।

उनले यस्तो गुणस्तरहिन समानको प्रयोग गर्दा मन्दिर निमार्णकार्य सम्पन्न भएपनि एक वर्ष समेत नटिक्ने दाबी गरे। मिश्रले पुरातत्व विभागको कर्मचारी र ठेकेदारसंगकै सेटिङमा काम गुणस्तरहिन भइरहेको दाबी गर्दै उक्त मार्बल र टायल्सलाइ चेकजाँच नगरिएसम्म कामकाज बन्द रहने बताए।

त्यस्तै मधेस अधिकार संघर्ष समितिका संयोजन समिति सदस्य सुशील कर्णले जानकी मन्दिर परिषरमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेको काममा प्रयोग भईरहेको मार्बल र टायल्स गुणस्तरहीन रहेकोले चेकजाँच नगरिएसम्म कामकाज बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सुरु गरिएको जानकी मन्दिर सौन्दर्यकरणको जिम्मा एमएस प्रेरा आरजे रञ्‍जन जेभी ललितपुरले लिएको थियो।यता ठेक्केदारका कन्ट्रयाक्ट म्यानेजर सुशीलाल ठाकुरले काम गुणस्तरहीन नभएको दाबी गरे।उनले काममा गुण्स्तरहीन भएको पाइएमा आफु जुनसुकै कारवाही भोग्‍न तयार रहेको बताए।

गत मंसिर महिनामा मुख्यमन्त्री स्वच्छता अभियान अनर्तगत करिब ८ करोडको लागतमा जानकी मन्दिरमा मारवल, ग्रेनाईट लगाउनुका साथै तीनवटै द्वार फेर्ने ढल निकासको लागि ड्रेनेजको काम हुने, मन्दिरभित्र पस्नुभन्दा पहिला खुट्टा धुनको लागि मन्दिरको उत्तर तथा दक्षिणी भागमा चरण गंगा बनाइने तथा जानकी मन्दिरको अगाडि फूलबारीका लागि ल्यागु स्केप निमार्ण हुने जनाइएको थियो।

एक कार्यक्रमका बिच प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउतले जानकी मन्दिर सौन्दर्यकरण योजनाको शिलान्यास गरेका थिए।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू