१६ सीटको गाडीमा २३ जना चढेपछि दुर्घटना, नाबालकसहित ३ जनाको मृत्यु

बुटवल– पाल्पाको रम्भाबाट स्याङ्जाको गल्याङ जाँदै गरेको जीप दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुँदा ९ महिनाको १ जना नाबालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गल्याङ नगरपालिका–३ बुटवल पावर कम्पनीको उकालोमा  जिप दुर्घटनामा परेको हो।

विज्ञापन

रम्भा गाँउपालिकाकी ५५ वर्षीया खनीमाया नेपालीको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको गल्याङ प्रहरीले जनाएको छ। गाडीमा सवार मध्ये पाँच जनाको अवस्था गम्भीर छ। अरु सामान्य घाइते छन्। घाइतेहरुलाई उपचारका लागि पाल्पा ल्याइएको छ।

१६ जनाको सिट रहेको गाडीमा २३ जना सवार भएपछि जीप अनियन्त्रित भएर गल्याङ नगरपालिका वडा नं ३ बुटवल पावर कम्पनीको उकालोमा पल्टिएको थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्