काठमाडौं- सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मारिएको तथा खोटाङमा नगरपालिकाले भुस्याहा कुकुर मारेको विरोधमा माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले ‘गाइ हाम्रो आमा हो, पशुपन्छी प्रकृतिका अमूल्‍य सम्पत्ति हुन, यसलाई संरक्षण गरौ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

उनीहरुलाई साथ दिन यसप्रति चासो राख्नेहरु पनि माइतीघरमा भेला भएका थिए।

यसअघि बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये ३३ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: