सुर्खेतमा अलपत्र छोडिएका २ सय २१ गाई नेपालगञ्ज पुर्‍याइयो

फाइल तस्बिर

नेपालगञ्ज– सुर्खेतबाट बुधबार दुई ट्रक गाई नेपालगञ्ज ल्याइएको छ। सुर्खेतकाे कटकुवा जंगल आसपासमा भेटिएका गाई नेपालगञ्ज ल्याउने काम भइरहेको छ।

एक हप्ताअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका २ सय ९१ वटा गाई, बाछाबाछी सुर्खेतको कटकुवा जंगलमा अलपत्र छाडिएको थियो। जसमध्ये ४० वटा गाई मरेकाे बताइएकाे छ।

विज्ञापन

त्यस मध्येका २५ वटा गाई बुधबार नेपालगञ्जको कान्जीहाउस ल्याइएको छ। बुधबारसम्ममा २ सय २१ वटा गाई नेपालगञ्ज ल्याइएको छ।

बुधबार नेपालगञ्ज ल्याइएका २५ वटामध्ये केही गाई नेपालगञ्जबाट लगिएका गाई नभएकाे कान्जीहाउसका कर्मचारीकाे भनाई छ। कान्जीहाउस रेखदेख गरिरहेका राकेश भारतीले २५ मध्ये ९ वटा गाई नेपालगञ्जको नभएको बताए।

दैलेख लैजाने क्रममा ४० भन्दा बढी गाई मृत अवस्थामा भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको आलोचना भइरहेको छ।

उक्त गौहत्या प्रकरणका दाेषीलाई कारबाहीका प्रक्रियाहरु शुरु भएका छन्। दुई वटा छानबिन समितिले काम थालिसकेका छन्।

 

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्