सुरु भयो चलचित्र पत्रकारिता सम्बन्धि तीन दिने कार्यशाला

पेशाप्रतिको कार्यक्षमता र दक्षता बढाउन चलचित्र पत्रकारहरु पोखरामा

काठमाडौँ- चलचित्र पत्रकारहरुको कार्यक्षमतामा वृद्धि गर्नका लागि पोखरामा चलचित्र पत्रकारिता सम्बन्धि कार्यशाला सुरु भएको छ।

चलचित्र पत्रकार संघ र चलचित्र विकास वोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धि दक्षताको ज्ञान सिकाइनेछ।

विज्ञापन

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले देशसञ्चारसँग फोनमा भने, ‘पछिल्लो समय पत्रकारिता पेशामा अविश्वास र प्रश्न धेरै उठ्न थालेको छ, हामीमा कमजोरी भए सुधार्दै लैजानु आवश्यक छ।’

अहिलेको नयाँ मिडियामा धेरैको आकर्षण बढेको र धेरैले यसलाई पेशागत रुपमा अंगाल्दा सैद्धान्तिक र नैतिक छुटेका हुन्छन्। सापकोटाले चलचित्र क्षेत्रमा मात्र नभएर सबै विधाका पत्रकारितामा यस्तो कार्यशाला हुनुपर्ने बताए। ‘चलचित्र पत्रकार संघको दायित्व पनि हाे’ पेशा अपनाएपछि सहि ढंगले पत्रकारिता गर्नुपर्ने र यसको लागि क्षमता अभिवृद्धि हुनुपर्ने उनले बताए।

यो कार्यशालामा केन्द्र र शाखाबाट पत्रपत्रिका, अनलाइन तथा यूटुबका गरी एक सय २० जनको सहभागिता रहेको छ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्