जनप्रतिनिधिको विवादले सर्वसाधारणको ज्यान गयो

जनकपुरधाम- जनप्रतिनिधि बिचको विवादको कारणले एकजना सर्वसाधारणको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिकाका तपेश्वर मण्डल रहेका छन्।

झडपको क्रममा करिब आधा दर्जन मानिस घाइते भएकामध्ये उनको बुधबार उपचारको क्रममा अञ्‍चल अस्पतालमा मृत्यु भएको हो।

विज्ञापन

मण्डलको मृत्यु भएपछि स्थानियहरुले हंसपुर नगरपालिकाका मेयर र वडाध्यक्षविरुद्ध नारा जुलुस गरेका छन्।

धनुषा जिल्लाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विवादमा मेयर पक्ष र उपमेयर पक्षबिच गत साउन २१ गते बिबाद हुँदा उक्त विवाद हिंसात्मक रुप लिएको थियो।

गत साउन २१ गते बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामानहरु जबर्जस्ती लिन पुगेका नगर प्रमुख रामज्ञान पक्ष र उउप्रमुख रेणु झा पक्षबिचको विवाद भएपछि सो विवाद उग्र रुप लिएको थियो।

विवाद उग्र रुप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन पुगेको प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका थिए ।

हंसपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुख राजपा नेपाल पार्टीकै हुन्। पार्टी एक भएपनि दुवै विच एकता रहनुको साटो विवाद नै रहेको छ ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू