देशभर बदली, भारी वर्षाको सम्भावना छ कि छैन?

काठमाडौँ – देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्यका पहाडी तथा पश्चिमका केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्य वर्षा हुने जनाइएको छ ।

विज्ञापन

यस्तै राति पनि देशभरको मौसम सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्