हुम्ला कांग्रेस लाग्यो पार्टीको स्थानीय संरचना गठनमा

सिमकोट – नेपाली कांग्रेसको हुम्ला जिल्ला कार्य समितिले स्थानीय संरचना अनुसार पार्टी गठन सुरु गरेको छ । यसमा कांग्रेसले जिल्लामा प्रदेशसभा अन्तर्गत दुईवटा क्षेत्रका समितिको संयोजकको जिम्मेवारी टुङ्ग्याएको छ ।

पार्टी सभापति जयपति रोकायाको सभापतित्वमा बसेको बैठकले नयाँ संरचना अनुसार पार्टी प्रदेशमा दुई क्षेत्र भएको र सोही अनुसार पार्टी क्षेत्रीय संरचनाको नेतृत्व चयन गरेको छ । जसमा प्रदेशसभा क्षेत्र ‘क’ मा पार्टी सचिव मोहन बिक्रम सिंह र ‘ख’ क्षेत्रमा पार्टी उपसभापति कैलाश भण्डारीको सभापतित्वमा क्षेत्रीय समिति गठन गरेको छ ।

विज्ञापन

समितिलाई पूर्णता भने शुक्रबार बस्ने बैठकले दिनेछ । त्यसैगरी सातवटा गाउँपालिकाका समिति र वडा समिति पनि सो बैठकले टुङ्ग्याउने पार्टी सभापति जयपति रोकायाले बताए ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्