बाथरुम–ट्वाइलेट सफा राख्न के गर्ने?

बाथरुम तथा ट्वाइलेट व्यक्तिले नियमित समय बिताउने स्थान हुन् । घरको बैठक कोठा भन्दा बढी कतिपयले बाथरुम या ट्वाइलेटमा बिताउने गरेका छन् ।

कतिले ट्वाइलेटमा बसेर पत्रपत्रिका पढ्ने वा मोबाइलमा आफूलाई मन परेका सामग्रीहरु हेर्ने गर्छन्। महत्वपूर्ण प्रोजेक्ट तथा योजनाहरु पनि बाथरुम या ट्वाइलेटमा बसेका बेला दिमागमा खेल्ने गरेको विभिन्न व्यक्तिले अन्तर्वार्ताहरुमा भन्ने गरेका छन् ।

विज्ञापन

त्यसका लागि आफूले प्रयोग गर्ने बाथरुम तथा ट्वाइलेट सफा हुनु पर्छ । तर बाथरुम तथा ट्वाइलेट सफा राख्नु धेरैका लागि चुनौतिको कुरा बनेको छ ।

कतिलाई लाग्न पनि सक्छ कि बाथरुम–ट्वाइलेट सफा राख्न ठूलै मेहनत गर्नु पर्छ । तर त्यसो होइन। थोरै मात्रै समय छुट्याउन सके आफ्नो बाथरुम तथा ट्वाइलेट सफा राख्न सकिन्छ ।

बाथरुम तथा ट्वाइलेट सफा राख्नका लागि,

हरेक पटक नुहाइसकेपछि बाथरुमको भित्ता तथा ढोकामा लुगाले पुच्छ्नु पर्छ । यसले गर्दा त्यहाँ लागेको बाफ तथा पानी जान्छ र सफा भइरहन्छ । यस्तै बाथटप पनि त्यसै गरी सफा गर्नु पर्छ ।

कम्तिमा हप्ताको एक पटक फ्लोर क्लिनर तथा ट्वाइलेट क्लिनरको प्रयोग गरेर बाथरुम तथा ट्वाइलेटको भूईँ तथा बेसिनहरु ब्रस लगाएर सफा गर्नु पर्छ ।

बाथरुममा प्रयोग हुने टावल, म्याट हप्ता–हप्तामा सफा गर्नु पर्छ । बाथरुम तथा ट्वाइलेटको कुनाकाप्चा पनि हप्तादिनमा सफा गर्नु पर्छ ।

बेसिन दैनिक सफा गर्न नभ्याएमा हप्तामा एक पटक राम्रोसँग ब्रस लगाएर सफा गर्नु पर्छ । सफा गर्न प्रयोग गरेको ब्रसलाई ओभानो हुने गरी राख्नु पर्छ । यस्तो ब्रस दुई हप्तामा परिवर्तन गर्नु पर्छ ।

हप्तामा एकपटक ट्वाइलेटको कमोडको भित्रिभाग क्लिनरले सफा गर्नु पर्छ । प्रयोग गरिएको ब्रस राम्रोसँग पखाल्नु पर्छ । कमोडको बाहिरी भाग पनि राम्रोसँग सफा गर्नु पर्छ ।

बाथरुम तथा ट्वाइलेटमा प्रयोग भएका पर्दाहरु महिनाको एक पटक धुनु पर्छ । यसो गर्नाले बाथरुम–ट्वाइलेट सफा रहन्छ ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्