प्रधानमन्त्री ओली भोलि मध्याहन्न स्वदेश फर्किँदै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी गएको बिहीबार उपचारका लागि गएका हुन्।

विज्ञापन

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट पनि सकारात्मक आएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा डा. दिव्यसिंह शाह र डा. दिलिप शर्माले आलोपालो गरी निगरानी गर्दै आएका छन् ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्