‘साहो’ले प्रदर्शनको पाँचौ दिनमा लगानी उठायो

दक्षिण भारतीय चलचित्रका स्टार कलाकार प्रभास अभिनित चलचित्र ‘साहो’ ले पाँचौँ दिनमा लगानी सुरक्षित गरेको छ। चलचित्र प्रदर्शनपछि मिश्रित प्रतिक्रिया पाएको चलचित्रले विश्वभरको कमाइबाट लगानी सुरक्षित गरेको हो।

विश्व विख्यात चलचित्र ‘बाहुबलि’ पछि प्रभासको यो पहिलो चलचित्र हो। यो चलचित्रमा ३ सय ५० करोड लगानी गरिएको थियो। प्रदर्शनपछि मंगलबार र बुधबार कमाई घटेको भएपनि चलचित्रले लगानी उठाइ सकेको छ। यो चलचित्रलाई भारतमा मात्र १० हजार स्क्रिन मिलेको थियो।

विज्ञापन

साहो चार भाषामा प्रदर्शनमा आउँदैछ। यसमा हिन्दी, तमिल, तेलुगु र मलयादम भाषा समावेश छन्। यो प्रभासको पहिलो बलिउड चलचित्र हो। प्रभासले पहिलो पटक आफैले हिन्दीमा बोलेका छन्। साहोमा प्रभाससँग श्रद्धा कपूर जोडि बनेका छन्।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्