चिनियाँ वैज्ञानिकले पत्ता लगाए क्‍वान्टमको नयाँ सुपर पोजिशन

एजेन्सी- चिनियाँ वैज्ञानिकहरुले प्रकाशको क्वान्टम तरङ्ग कणको नयाँ सुपरपोजिसन बनाएका छन्। नान्जिङ यूनिभर्सिटीमामा अनुसन्धान गरिरहेका चिनियाँ अनुसन्धानकर्ताहरुले उक्त क्वान्टम वेभ निर्माण गरेको चिनियाँ सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

क्वान्टम रिसर्च टीमका लिडर प्रोफेसर मा सियाओसङले प्रकाश तरङको माध्‍यमबाट मात्रै नभइ क्वान्टमको सुपरपोजिशन माध्‍यमबाट चलायमान हुन सक्‍ने बताएका छन्।

नेचर जर्नलमा भर्खरै प्रकाशित नयाँ इस्यूमा फोटोनिक्सले क्वान्टमको डिभाइसबाट थप नयाँ अनुभूतिहरु र भविष्‍यमा आउने नयाँ क्वान्टम प्रविधिहरुको माध्‍यमले विकासलाई नयाँ तरिकाले परिभाषित गरिदिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्।

अनुसन्धानदाताहरुले क्वान्टमको पहिलो अनुभव वैज्ञानिक आइन्सटाइनको स्तरमा रहेर काम गरेका थिए जून दुइ फरक ल्‍याबहरुमा करीब १४१ मिटर दूरीमा रहेका गरेका थिए।

यसबारेमा प्रोफेसरको टीममा रहेर पीएचडी गरिरहेका वाङ काइले क्वान्टमको नयाँ खोजबारे भनेका छन्, ‘क्वान्टमको यो प्रयोग गर्नलाइ धेरै सतर्क भएर सेटअप गर्नु जरुरी छ। किनकी यसले दुइ फरक ठाउँमा रहेर पनि त्यही काम बिना कुनै समय फत्ते गर्न सक्छ। यदि गलत काम भएमा ठूलो क्षति व्यहोर्नु पर्नेछ।’

यस्तै प्रोफेसर ‘मा’ का अनुसार क्वान्टमको यो अनुभवले अब आउने नयाँ क्वान्टम वेभलाई आफूअनुकुल ल्याउन समेत सकिनेछ। यसबारेमा उनीहरुले थप खोज र अनुसन्धान गरिरहेका छन्।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्