अमेरिकामा सडक दुर्घटनामा परी एकै परिवारको तीनजनाको मृत्‍यु

मोरङ-विराटनगरका एकै परिवारको तीनजनाको अमेरिकामा सडक दुर्घटनामा परी मृत्यु भएको छ।

बुधबार अमेरिकाको डालास सिटीबाट घुमेर फर्कने क्रममा विराटनगर मुनालपथ सोमबारे हाटका गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको मृत्यु भएको हो।

विज्ञापन

आषाढमा छोरी श्रद्धाले घुम्न बोलाएपछि बुबा गोविन्द र आमा शान्ता अमेरिका पुगेका परिवारनिकट गोविन्दप्रसाद ओझाले जानकारी दिए। ओझाका अनुसार मिसौरीमा बसोबास गर्दै आएका ओझा परिवार डालास शहर घुमेर फर्कने क्रममा दुर्घटनामा परेका हुन।

अमेरिकाको डिभी चिठ्ठा परे करिब १५ वर्षअघि श्रद्धासहित श्रीमान् प्रभाश ओझा अमेरिका पुगेका थिए। गोविन्द ओझाको अनुसार सडक दुर्घटनाका क्रममा टोयोटाको टिपरसंग ठक्कर खाएको थियो।

उनीहरुले फर्कने क्रममा चालक परिवर्तन गरेको ओझाले बताए। ओझाका अनुसार घटनाका क्रममा श्रीमान प्रभासले कार हाकिरहेका थिए। सो क्रममा प्रभास र श्रद्धा आगाडिको सिटमा रहेका थिए।

हाल उनीहरुको शव उतै राखिएको र उतै अन्त्यष्टी गरिने परिवार निकटले जानकारी दिए। दुर्घटनाका क्रममा श्रीमान् प्रभास र ४ वर्षिय नातीलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रभासको अवस्थास्थित बताइए पनि बालको अवस्था चिन्ताजनक रहेको बताइएको छ।विशालका बुबा विश्वबन्धु ओझा, आमा कमला ओझा, दाजु विशाल ओझा र दिदी विदुशा ओझा र विनाका ओझा हुन्।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू