राति देखि नै वर्षा हुँदै, आज दिउँसोको मौसम कस्तो?

काठमाडौँ – देशभरी शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ ।

यहाँ दिउँसो पनि बदली भएर पानी पर्ने मौसमविदले बताएका छन् ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू