बहमासमा बिनास गरेको डोरियन आँधी अमेरिका पुग्यो

बहमासमा कम्तिमा २३ जनाको ज्यान लिएको तथा ठूलो मात्रामा भौतिक क्षति गरेको समुद्री आँधी डोरियन अमेरिका पुगेको छ । बहमासमा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

डोरियन आँधीका कारण साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा ठूलो वर्षा भएको छ । हाल क्याटगोरी टू को रहेको आँधी बिस्तारै अमेरिकाको पूर्वी तटीय क्षेत्रबाट उत्तर तर्फ अघि बढिरहेको छ ।

विज्ञापन

आँधी प्रवेश गरेको क्षेत्रका हजारौँ घरमा बिजुली आपूर्ति बन्द भएको छ । केही क्षेत्रमा तीव्र गतिमा हावा चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

डोरियन अबको केही दिनमा कमजोर बन्दै जाने बताइएको छ । हाल यो आँधीका कारण १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । सेप्टेम्बर १ मा बहमास प्रवेश गरेको आँधी दुई दिनसम्म त्यहाँ रहेको थियो ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्