वीरगञ्जमा विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार

वीरगञ्ज  – वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले खातुनलाई वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । बिहान ६ बजे विद्यालय जादै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन् ।

एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलम रहेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनी पक्राउ परिसकेका छन् ।

गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्