प्रेम प्रस्ताव अस्वीकार गरेपछि किशोरीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ

वीरगञ्ज – वीरगञ्जमा किशोरीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ परेका छन् । वीरगञ्जको गणेशमान चौकमा शुक्रबार बिहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने १६ वर्षका सम्साद मिया पक्राउ परेका हुन् ।

उनका एक सहयोगी भने अmभै फरार रहेको प्रहरीले जनाएको छ। मियाले प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा खातुनमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विज्ञापन

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्