यु–१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकालाई दियो १६० रनको लक्ष्य

तस्बिर: एसीसी।

काठमाडौँ– श्रीलंकामा जारी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभारमा नौ विकेटको क्षतिमा १५९ रन बनाएको हो।

नेपालका लागि रित गौतमले अर्धशतक पुरा गरे। ८५ बलको सामना गरेका उनले चार चौकाको मद्दतमा ५४ रन जोडे। यस्तै कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले नटआउट १५, र हरि चौहनले १२ रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यस्तै बलिङतर्फ श्रीलंकाका नाभोद परानाभिथान र दिल्शान मदुशांकले समान तीन–तीन तथा रोहन संजय र आशियन ड्यानियलले एक–एक विकेट लिए।

१६० रनको लक्ष्य पाएको श्रीलंका केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्