एसिड आक्रमणमा घाइते मुस्कानलाई ५ लाख

जनकपुरधाम– वीरगञ्ज महानगरपालिकामा आज बिहान भएको एसिड आक्रमणमा परी घाईते भएकी १५ वर्षीया किशाेरी  मुस्कान खातुनको उपचारको लागि प्रदेश–२ सरकारले पाँच लाख रुपैयाँ दिने भएकाे छ।

मुख्यमन्त्री राउतले यस घटनाका दोषीलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाउँदै किशाेरीकाे उपचारको लागि पाँच लाख रुपैयाँ दिने घाेषणा गरेकाे मुख्यमन्त्रीकाे कार्यालयले जनाएको छ।

विज्ञापन

आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो।

छपकैयास्थित आफ्नो घरबाट बिहान विद्यालय जानेक्रममा दुई जना युवकले खातुनलाई वीरगञ्ज–६ गणेशमान चोकमा एसिड प्रहार गरेका थिए। खातुनलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्