हुम्लाकाे सिमकोट गाउँपालिकाकाे प्रोफाइल तयार

सिमकोट– हुम्लाकाे  सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो वस्तुगत विवरण तयार पारेको छ। गाउँपालिकाद्वारा तयार पारिएको वस्तुगत विवरणमा जनसंख्यालाई धर्म, लिंग, जातजाति, उमेर अनुसार वर्गीकरण गरिएकाे छ।

त्यसैगरि पालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, वनजंगल, खोलानाला, जडिबुटी चुलो प्रयोगको अवस्था, विद्य‌ुत, सौर्य टुकी, जग्गा जमिनको तत्थ्याङ्कलाई उल्लेख गरिएको सिमकोट गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए।

विज्ञापन

पालिकामा पाईने अन्नवाली, उत्पादन परिमाण, पशुको संख्या, मौरी घारको संख्या, वार्षीक आम्दानी, खर्च र बचतलाई पनि वस्तुगत विवरणले समेटिएको छ।

बिरामीको किसिम, प्रसुतिको अवस्था बारेमा पनि उल्लेख गरिएको छ।

वस्तुगत विवरणले बाहिरबाट आउने जोकोहीलाई पनि गाउँपालिकाको वस्तुस्थितिका बारेमा सहजै जानकारी प्राप्त हुने पालिका अध्यक्ष पदम बहादुर लामाले बताए।

पर्यटकीय, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरुको पनि प्रोफाइलले स्पष्ट रुपमा उल्लेख गरेको छ।

करिब छ महिना लगाएर तयार पारिएको वस्तुगत विवरणका लागि आवश्यक पर्ने विवरणहरु घरधुरी सर्वेक्षण फारमबाट संकलन गरिएको छ भने केही कुराहरु दोस्रो पक्षबाट लिइएको छ।

वस्तुगत विवरणले पालिकाका अवसर, चुनौति र समस्याहरुलाई पनि स्पष्ट रुपमा उल्लेख गरेको छ। वस्तुगत विवरणमा उल्लेख गरिएका तत्थ्याङ्कहरु सहज रुपमा उपलब्ध गराउने र अब चाँडै नै वेभसाईटमा पनि राख्ने प्रमुख दर्जीले बताए।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्