सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट सुरु भएको हो।

विज्ञापन

सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिट्यान्स कारोबारहरु कनेक्ट आइपीइस ई–पेमेन्टमार्फत रियल–टाईम र एनसीएचएल–आईपीएस मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन्।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्