सिटिजन लाइफ इन्स्योरेन्स र ई–सेवाबीच साझेदारी

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ।

ग्राहकहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको हो।

विज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच उक्त साझेदारी भएको थियो।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमा शुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्