कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीचमा व्यापार सम्झौता भएको छ।

सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा. लिमार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइसरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्।

बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्